हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेकै सुत्र जस्तै गरी पार्टी एकता हुने प्रचण्डले सुनाए यस्तो कुरा



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् ।

उनले दुई पार्टी एकीकरण अहिले आवश्यकता समेत भएको दावी गरेका छन् ।

पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दोहोरयाएका छन् । माक्र्सको द्वि–शतवार्षिकीमा पोखरामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’

उनले तत्कालिन नेकपा माक्र्सवादी र मालेबीचको पार्टी एकता उदाहरणीय भएको भन्दै एमाले माओवादी एकताका लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले केही दिनमै एकताको मिति घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने...

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...