प्रचण्ड घर बनाउने जग्गा खोज्दै,हेरेका दुई जग्गा मध्ये एक किन्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कास्कीको ढिकुरपोखरीमा घर बनाउने जग्गा खाजी गरेका छन् । प्रचण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरी पुगेका हुन् ।

माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे जग्गासमेत हेरे । पत्नी सीता दाहाल र छोरी गंगा दाहालसहित लेवाडे पुगेका प्रचण्डले २ ठाउँ जग्गा हेरेका छन् । उनले दुई मध्ये कुनै एउटा जग्गा किन्ने सोच बनाएको भाइ मुक्तिराम दहालले जानकारी दिए ।

भावनात्मक रुपमा ढिकुरपोखरी नजिक भएकाले घर बनाउने सोच आएको भनदै प्रचण्डले दिर्घकालीन रुपमा बस्नका लागि नभएपनि पोखरा आउँदा बस्नका लागि जग्गा लिन लागेको बताए । ‘यहाँ आएपछि बचपनका यादहरु सबै ताजा भएर आउँछन्’ उनले भने, ‘यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मियता छ, त्यसैले १ टुक्रा जमिन मेरो छ भन्ने बनाउनका लागि जग्गा किन्ने सोंच बनाएको हुँ ।’

आफूले जन्मथलो ढिकुरपोखरीका लागि अहिलेसम्म केहि गर्न नसकेको भन्दै प्रचण्डले घर बनाएपछि जन्मस्थानसँग अपनत्व पनि हुने र स्थानियसँग भेट भएर भलाकुसारी गर्न पाइने बताए । सो ठाउँको विकासमा पनि योगदान दिन पाइने भएकाले आफूले घर बनाउने सोच बनाएको जनाए ।

प्रतिक्रिया दिनुहोस
२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...

एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...