प्रचण्ड घर बनाउने जग्गा खोज्दै,हेरेका दुई जग्गा मध्ये एक किन्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कास्कीको ढिकुरपोखरीमा घर बनाउने जग्गा खाजी गरेका छन् । प्रचण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरी पुगेका हुन् ।

माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे जग्गासमेत हेरे । पत्नी सीता दाहाल र छोरी गंगा दाहालसहित लेवाडे पुगेका प्रचण्डले २ ठाउँ जग्गा हेरेका छन् । उनले दुई मध्ये कुनै एउटा जग्गा किन्ने सोच बनाएको भाइ मुक्तिराम दहालले जानकारी दिए ।

भावनात्मक रुपमा ढिकुरपोखरी नजिक भएकाले घर बनाउने सोच आएको भनदै प्रचण्डले दिर्घकालीन रुपमा बस्नका लागि नभएपनि पोखरा आउँदा बस्नका लागि जग्गा लिन लागेको बताए । ‘यहाँ आएपछि बचपनका यादहरु सबै ताजा भएर आउँछन्’ उनले भने, ‘यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मियता छ, त्यसैले १ टुक्रा जमिन मेरो छ भन्ने बनाउनका लागि जग्गा किन्ने सोंच बनाएको हुँ ।’

आफूले जन्मथलो ढिकुरपोखरीका लागि अहिलेसम्म केहि गर्न नसकेको भन्दै प्रचण्डले घर बनाएपछि जन्मस्थानसँग अपनत्व पनि हुने र स्थानियसँग भेट भएर भलाकुसारी गर्न पाइने बताए । सो ठाउँको विकासमा पनि योगदान दिन पाइने भएकाले आफूले घर बनाउने सोच बनाएको जनाए ।

प्रतिक्रिया दिनुहोस
म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने...

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...