मोदीलाई टुँडीखेलमा फनफनी घुमाउने यस्तो छ ओली सरकारको तयारी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गर्ने भएको छ। परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार जनकपुर उपमहानगरपालिका र काठमाडौंमा उनको अभिनन्दन हुन लागेको हो।

यसैगरी, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीको सम्मानमा उनी नेपाल आएकै दिन वैशाख २८ मा टुँडीखेलमा गार्ड अफ अनर दिइने कार्यक्रम छ।

भ्रमणका क्रममा मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन्।

वैशाख २८ मा बिहारको पटनाबाट हेलिकप्टरमा जनकपुर हुँदै उनी नेपाल आउन लागेका हुन्। सोही दिन उनी मुक्तिनाथको दर्शन गर्न समेत जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...