सिन्डिकेट कायम राख्न हड्तालमा उत्रिएका यातायात ब्यबसायीलाई प्रहरीले घरघरमा पुगेर समात्यो



हाम्रो इकोनोमि

सरकारी निर्णयविरुद्ध हड्तालमा उत्रिएर गाडी थन्क्याएका यातायात समितिका पदाधिकारीहरुलाई खोज्न प्रहरी घरघरमा पुगेको छ।

गृह मन्त्रालयले गाडी नचलाउने यातायात समितिका पदाधिकारीलाई समात्न सर्कुलर गरेसँगै बाँके प्रहरी पदाधिकारीहरुको कार्यालयदेखि घर घरसम्म पुगेको हो। छुट्टाछुट्टै टोली बनाएर खटिएको प्रहरीले बाँकेमा ६ जनालाई पक्राउ गरेको छ। सार्वजनिक भेरी यातायात समिति र सनराइज समितिका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

सनराइज समितिका उपाध्यक्ष प्रवीण विसी र महासचिव रमेश शाह तथा कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का पक्राउ परेका छन्। सार्वजनिक भेरी यातायात समितिका सचिव रेशम खत्री र कर्मचारी दिपक बस्नेतलाई प्रहरीले समातेको छ।

यातायात व्यवसायीले सिन्डिकेट लादेको भन्दै सरकारले सबै सार्वजनिक यातायातका साधनलाई प्राइभेट कम्पनीमा दर्ता गरी यातायात संचालन गर्न यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेको छ। त्यसैको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलन थालेका हुन्।

नेपालगञ्ज बसपार्कका आफ्ना काउन्टर बन्द गरेर बसेका यातायात समितिका पदाधिकारीहरु प्रहरीले घरघरमै आएर खोज्न थालेपछि मोबाइल बन्द गरेर लुकेका छन्। केन्द्रीय तहमा रहेकाहरु काठमाडौंतिर लागेका छन्।

‘बिहान सबैको मोबाइल अन थियो, प्रहरीले समात्न शुरु गरेपछि सबैले मोबाइल अफ गरेर बसेका छन्,’ समिति स्रोतले भन्यो।

भेरी यातायात प्रालिले भने सेवा सुचारु राखेको छ। भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले आफ्ना गाडीहरु निर्वाध रुपमा चलिरहेको बताए। भेरी यातायात प्रालिको बर्दियामा प्रधान कार्यालय रहेको छ। सरकारले प्रालिसम्बद्धलाई साथमा लिएर अघि बढेको छ।

नेपालगञ्ज बसपार्कमा रहेको नागरिक, जनमुखी, माउन्टेन अन्नपूर्ण, पब्लिक मेट्रो प्रालिका काउन्टर खुल्ला रहेका छन्। नेपालगञ्जबाट साँझ ६ बजे प्रालिका १० वटा बस काठमाडौंतिर हिँडेका छन्। प्रहरीले कडा सुरक्षा घेरामा बसहरुलाई गन्तब्यतिर लगेको छ।

बाँकेमा सार्वजनिक भेरी, बागेश्वरी, नमस्ते समितिका धेरै गाडी छन् । यी समितिहरुले गाडी थन्क्याएपछि बजार सुनसान भएको छ । लामोमात्रै होइन, छोटो दुरीका गाडीसमेत चलेका छैनन् । गाडी नचल्दा यात्रुहरु अलमलमा परेका छन् ।

ठूला समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न कोहलपुर, नेपालगञ्जमा प्रहरीको छुट्टाछुट्टै टोली परिचालन भएको छ । ‘पदाधिकारीहरुको घरघरमा पुगिसक्यौ । खोइ कोही भेटिन्नन्, सबै मोबाइल अफ गरेर लुकेका छन्, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...