प्रहरीको कब्जामा परेका ७३ यातायात व्यवसायीलाई एक वर्ष जेल हाल्ने,यस्ता दुई मुद्दा चल्ने



हाम्रो इकोनोमि

सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीविरुद्ध मुद्दा चल्ने भएको छ। आवश्यक सेवा सञ्चालन सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनअनुसार उनीहरुविरुद्ध कारबाही हुने गृह मन्त्रालयले जनाएको छ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि यातायात व्यवसायीहरुले गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए। आन्दोलन गर्ने ७३ जना व्यवसायीहरु हाल प्रहरी हिरासतमा रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। ‘पक्राउ परेका सबै व्यवसायीउपर मुद्दा दायर हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘आवश्यक सेवा ऐन र स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुन्छ। कुन मुद्दा चलाउने भन्ने अधिकार जिल्लाका सिडिओहरुलाई हुन्छ।’

आवश्यक सेवा सञ्चालन ऐनअन्तर्गत १ वर्षसम्म कैद सजाय हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...