देशभरी बाट ७० बढी सिन्डिकेट पक्षधर ब्यबसायी यसरी परे प्रहरी फन्दामा



हाम्रो इकोनोमि

सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि त्यसको विरोधमा उत्रिएका  सिन्डिकेट पक्षधर यातायात ब्यवशायीविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएको छ।

प्रहरीले शुक्रबार देशभरबाट ७० भन्दा बढी ब्यवशायीलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए। काठमाडौं प्रहरी परिसरले यातायात ब्यवशायी महासंघका महासचिव सरोज सिटौलालाई अपरान्ह भृकुटी मन्डपबाट पक्राउ गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले हड्तालमा उत्रिएका ब्यवशायीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले सक्रियता बढाएको थियो। पक्राउ परेका ब्यवशायीविरुद्ध के मुद्धा चलाउने भन्ने विषयमा सरकारको नीति अनुसार निर्णय गरिने प्रहरीले जनाएको छ।

सरकारले सिन्डिकेट तोड्नका लागि यातायात व्यवसायी समिति नविकरण नगर्ने निर्णय गरेको थियो । सिन्डिकेटको पक्षमा रहेका व्यवसायीले भने निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै आएका छन् । उनीहरुले सरकारको निर्णयको विरोधमा देशभरि सार्वजनिक सवारी साधन चलाएनन्।

प्रतिक्रिया दिनुहोस
कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो

     सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६...