देशभरी बाट ७० बढी सिन्डिकेट पक्षधर ब्यबसायी यसरी परे प्रहरी फन्दामा



सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि त्यसको विरोधमा उत्रिएका  सिन्डिकेट पक्षधर यातायात ब्यवशायीविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएको छ।

प्रहरीले शुक्रबार देशभरबाट ७० भन्दा बढी ब्यवशायीलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए। काठमाडौं प्रहरी परिसरले यातायात ब्यवशायी महासंघका महासचिव सरोज सिटौलालाई अपरान्ह भृकुटी मन्डपबाट पक्राउ गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले हड्तालमा उत्रिएका ब्यवशायीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले सक्रियता बढाएको थियो। पक्राउ परेका ब्यवशायीविरुद्ध के मुद्धा चलाउने भन्ने विषयमा सरकारको नीति अनुसार निर्णय गरिने प्रहरीले जनाएको छ।

सरकारले सिन्डिकेट तोड्नका लागि यातायात व्यवसायी समिति नविकरण नगर्ने निर्णय गरेको थियो । सिन्डिकेटको पक्षमा रहेका व्यवसायीले भने निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै आएका छन् । उनीहरुले सरकारको निर्णयको विरोधमा देशभरि सार्वजनिक सवारी साधन चलाएनन्।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ