ओलीलाई साग गलाए झैँ गलाएका प्रचण्डलाई सुर्यले यसरी पोल्यो,यी कुरामा दुबैको बार्गेनिङ्ग मिल्यो



एमाले र माओवादी केन्द्रबीच पहिलो पटक पार्टी एकताका मुलभूत विषयमा विवाद टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवादका तीनवटै विषयमा सहमति जुटेको हो ।

पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ । ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिन्हबारे सहमति जुटेको छ । ओली र प्रचण्डबीच बिहीबार दुई पटक छलफल भएको थियो ।

चुनाव चिन्ह सूर्य नै हुने भएको छ । सूर्य चुनाव चिन्हमा सहमत नभएका दाहालले केन्द्रीय समितिमा सहभागिताको विषयमा एमाले लचक भएपछि अडान छाडेका छन् । २९९ सदस्यीय केन्द्रीय समितिमा माओवादीले ४० प्रतिशतभन्दा बढी पाउँनेछ ।

अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउँनेछन् । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने विषयमा पनि सहमति भएको छ । ४० प्रतिशत सदस्य दिन अस्वीकार गरेका ओली बिहीबार भने लचक भएका छन् । वैचारिक तथा सांगठनिक प्रतिवेदनमा संशोधन गरेर टुंगो लगाउने दुई अध्यक्षको सहमति छ ।

दुवैजना अध्यक्ष रहने गरी मूल नेतृत्वको विषय टुंग्याइएको छ । दुई अध्यक्षबीच द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएपछि पार्टी एकीकरण हुने पक्का भएको हो । राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरु एक–आपसमा एकीकरण हुन सक्ने व्यवस्था गरिएको छ ।

दफा १० अनुसार पार्टी एकता गर्ने सम्झौता भएको ४५ दिनभित्रमा एकीकृत पार्टीको विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्