ओलीलाई साग गलाए झैँ गलाएका प्रचण्डलाई सुर्यले यसरी पोल्यो,यी कुरामा दुबैको बार्गेनिङ्ग मिल्यो



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच पहिलो पटक पार्टी एकताका मुलभूत विषयमा विवाद टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवादका तीनवटै विषयमा सहमति जुटेको हो ।

पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ । ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिन्हबारे सहमति जुटेको छ । ओली र प्रचण्डबीच बिहीबार दुई पटक छलफल भएको थियो ।

चुनाव चिन्ह सूर्य नै हुने भएको छ । सूर्य चुनाव चिन्हमा सहमत नभएका दाहालले केन्द्रीय समितिमा सहभागिताको विषयमा एमाले लचक भएपछि अडान छाडेका छन् । २९९ सदस्यीय केन्द्रीय समितिमा माओवादीले ४० प्रतिशतभन्दा बढी पाउँनेछ ।

अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउँनेछन् । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने विषयमा पनि सहमति भएको छ । ४० प्रतिशत सदस्य दिन अस्वीकार गरेका ओली बिहीबार भने लचक भएका छन् । वैचारिक तथा सांगठनिक प्रतिवेदनमा संशोधन गरेर टुंगो लगाउने दुई अध्यक्षको सहमति छ ।

दुवैजना अध्यक्ष रहने गरी मूल नेतृत्वको विषय टुंग्याइएको छ । दुई अध्यक्षबीच द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएपछि पार्टी एकीकरण हुने पक्का भएको हो । राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरु एक–आपसमा एकीकरण हुन सक्ने व्यवस्था गरिएको छ ।

दफा १० अनुसार पार्टी एकता गर्ने सम्झौता भएको ४५ दिनभित्रमा एकीकृत पार्टीको विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो

     सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६...