पौडेलले अत्तो थापे पछी कांग्रेस बैठक अनिश्चित,रामचन्द्र गगन सहितका पाँच नेता बैठक बाटै आउट



हाम्रो इकोनोमि

पदाधिकारी नियुक्तिका लागि बोलाइएको कांग्रेस केन्द्रिय समिति बैठक अझै सुरु भएको छैन। बैठक दिउँसो २ बजे बोलाए पनि विवादका कारण बैठक सुरु हुन सकेको छैन।

सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता नेताहरु अनौपचारिक छ्लफलमा बसिरहेका छन्। सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशसरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन्। तर, पौडेल पक्षले सहमहामन्त्री आफुलाइ दिनुपर्ने अडान राखेको छ।

सहमति बिना प्रस्ताव ल्याएमा बैठक बहिष्कार गर्ने चेतावनी पौडेल र सिटौला पक्षले दिएको छ। यसअघि १७ गते पनि पौडेल सिटौलाको चेतावनीका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित भएको थियो।

काङ्ग्रेस विधानअनुसार सभापतिको प्रस्तावमा केन्द्रिय समितिले पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ।

पदाधिकारी नियुक्त गर्ने केन्द्रीय समिति बैठकमा मनोनीत सदस्यहरु बस्न नपाउने भएकाले पौडेल, सिटौला, गगन थापा, अर्जुननरसिंह केसी, नरहरी आचार्य बस्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...