पौडेलले अत्तो थापे पछी कांग्रेस बैठक अनिश्चित,रामचन्द्र गगन सहितका पाँच नेता बैठक बाटै आउट



हाम्रो इकोनोमि

पदाधिकारी नियुक्तिका लागि बोलाइएको कांग्रेस केन्द्रिय समिति बैठक अझै सुरु भएको छैन। बैठक दिउँसो २ बजे बोलाए पनि विवादका कारण बैठक सुरु हुन सकेको छैन।

सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता नेताहरु अनौपचारिक छ्लफलमा बसिरहेका छन्। सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशसरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन्। तर, पौडेल पक्षले सहमहामन्त्री आफुलाइ दिनुपर्ने अडान राखेको छ।

सहमति बिना प्रस्ताव ल्याएमा बैठक बहिष्कार गर्ने चेतावनी पौडेल र सिटौला पक्षले दिएको छ। यसअघि १७ गते पनि पौडेल सिटौलाको चेतावनीका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित भएको थियो।

काङ्ग्रेस विधानअनुसार सभापतिको प्रस्तावमा केन्द्रिय समितिले पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ।

पदाधिकारी नियुक्त गर्ने केन्द्रीय समिति बैठकमा मनोनीत सदस्यहरु बस्न नपाउने भएकाले पौडेल, सिटौला, गगन थापा, अर्जुननरसिंह केसी, नरहरी आचार्य बस्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...