मेची बस व्यवसायी संघका अध्यक्ष र धौलागिरी यातायातका महासचिबलाई पनि प्रहरीले लगायो सनासो



हाम्रो इकोनोमि

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन्।

उनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक राईले बताए।

यता बिहानैदेखि सार्वजनिक यातायात नचल्दा झापासहित पूर्वको जनजीवन प्रभावित छ।
उता सरकारले देशभरिका यातायात सिन्डिकेटका पदाधिकारीहरुलाई एकपछि अर्को पक्रने क्रममा धौलागिरी यातायात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछाने पनि पर्वतमा पक्राउ परेका छन्।

गृह मन्त्रालयले सिन्डिकेट चलाउने पदाधिकारीहरुलाई पक्रन निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबाट पक्राउ गरिएको हो।

पर्वत प्रहरीका अनुसार मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...