१७ अर्ब मुल्यको सुन तस्करी गरेका गोरेकी श्रीमतीको ओली सरकारका कानुनी सल्लाहकारसंग यस्तो हिमचिम



हाम्रो इकोनोमि

महान्यायाधिक्ता सरकारको कानुनी सल्लाहकार हो। संविधानको धारा १५८ मा महान्यायाधिक्ताको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । त्यसमा उल्लेख छ, ‘महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछ । संवैधानिक एवं कानुनी विषयमा सरकार र तोकिएका अन्य अधिकारीलाई रायसल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुनेछ । तर, यस विपरित नेपाल सरकारकै बहालवाला महान्यायाधिवक्ताले फरार अभियुक्तसँग तस्बीर खिचेको पाइएको छ । बहुचर्चित साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीकी पत्नी निरु खरेल (नर्वदा) ले महान्यायाधिवक्ता अग्नि खरेलसँगै रहेर खिचेको तस्बीर फेशबुकमा पोष्ट गरेकी छिन् । मुख्य अभियुक्त उप्रेतीकी पत्नी निरुलाई पनि प्रहरीले अभियुुक्त सूचिमा राखेको छ । उनी पनि फरारको सूचिमा छिन् । पूर्व कानूनमन्त्रीसमेत रहेका महान्यायाधिवक्ता खरेलको घर र गोरेकी पत्नीको माइती घर झापा हुनु संयोग मात्र भएपनि निरुको माइती थर खरेल नै रहेकाले उनीहरुबीच नाता सम्बन्ध हुन सक्ने अड्कलबाजी गरिएको छ ।

मोरङको उर्लाबारीमा स्थायी घर भई हाल उनी काठमाडौंको गौरीघाटमा गोरेले किनेको घरमा बस्दै आएकी थिइन् । गोरेकी पत्नी नीरुको माइतीघर झापाको कमलगाउँपलिका–६ मा पर्छ । महान्यायाधिवक्ता खरेल भने गौरादह–महारानीझोडाका हुन् । भीआईपीहरुसँग सर्वसाधारणले फोटो खिच्नुलाई अनौठो नमानिएपनि महान्यायाधिक्ता खरेल र निरुको तस्बीर सामान्य परिघटना मात्र नहुने लख काट्न सकिन्छ । फोटो कहिले खिचिएको खुल्न सकेको छैन । यद्यपि शक्तिशाली ब्यक्तिको पँहुचमा रहेको जनाउ दिन सो तस्बीर फेसबुकमा पोष्ट गरेको सहजै अनुमान गर्न सकिन्छ । सर्वाधिक खोजीको सूचीमा रहिरहेकी निरुले फेसबुक अझैसम्म ‘डिएक्टीभ’ गरेकी छैनन् । उनले केही दिन अघिमात्र महान्यायाधिवक्ता खरेलसँगै खिचेको तस्बीर पोष्ट गरेकी हुन् । सो तस्बीर पोष्ट भएसँगै कानून कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने महान्यायाधिवक्ता खरेल पनि संदेहको घेरामा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो

     सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६...

देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...