गृहमन्त्रीको ‘एक्सन’लगत्तै हाल सम्म पक्राउ परेका यी हुन ब्यबसायी,पाँच वर्ष जेल हाल्ने तयारी



गृहमन्त्री रामबहादुर थापा बादलले बस नचलाउने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै प्रहरीले धमाधम पक्राउ पर्न थालेका छन् । सिण्डिकेट कायम गन पाउँ भन्दै यातायात व्यवसायीहरुले आजबाट बन्द हड्ताल गरेका छन् ।

बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगर पक्राउ परेका छन् । प्रहरीकाअनुसार बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको हो ।
प्रहरीले बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ ।
हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।
प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।

रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई पाँच वर्ष सम्म जेल हाल्न सक्ने व्यवस्था छ।

हड्ताल गर्ने यातायात व्यवसायीलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए लगत्तै धरानबाट प्रहरीले ४ बस व्यवसायी संघका ८ जना पदाधिकारीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कोशी बस व्यवसायी संघ धरानका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबहादुर थापा, पूर्वाञ्चल बस व्यवसायी संघका अध्यक्ष मोहनमणि बराल, उपाध्यक्ष सरोज श्रेष्ठ, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट र कोषाध्यक्ष, सुमन थापा रहेका छन्। संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमुलाई पनि पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। इटहरी क्षेत्रमा पनि हड्ताल गर्ने बस व्यवसायीहरुको खाजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्