गृहमन्त्रीको निर्देशनलगत्तै चिया पिउदै गाडी नचलाउन उर्दी जारी गर्ने बन्जाडेलाई थुतेर प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

सरकारले सिण्डिकेट खारेज गरे पनि त्यसको पक्षमा अत्यावश्यक सेवा ठप्प पारेको आरोपमा पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलले बन्जाडेलाई नियन्त्रणमा लिएको हो। उनलाई बुटवल बजारबाट पक्राउ गरिएको हो।
ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउँदै गरेको अबस्थामा प्रहरी टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

त्यस्तै नारायणी यातायातका अध्यक्षसहितकाे खाेजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाकाे कमान्डमा प्रहरी टाेली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...