ओली सरकारले खुस्काउने भयो करङ्,आजै ४ बजे पछाडि यी बाहेकका गाडिका रुट इजाजत खारेज हुने



यातायात व्यवस्था विभागले सिन्डिकेट गर्न पाउने माग राख्दै सवारीसाधन नचलाउने व्यवसायीको तथ्यांक सुरु भइरहेको जनाएको छ । यातायात व्यवस्था विभागले रुट इजाजत खारेज गर्नका लागि विवरण संकलन थालेको जनाएको हो ।
यातायात व्यवस्था विभागले चार बजेसम्म विवरण संकलन गर्ने र त्यस लगतै एक्सनमा जाने जनाएको छ ।  अहिले देशैभरी सवारी नचलाउने व्यवसायीको धमाधम तथ्याङक  संकलन भैरहेको छ ।
व्यवस्था विभाग स्रोतका अनुसार, कानूनले यातायात व्यवस्था विभागलाई यातायात क्षेत्रमा अवरोध गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै ४ बजेपछि गाडि नचालउने व्यवसायीहरुको रुट परमिट खारेज गर्ने तयारीमा विभाग पुगेको हो । अहिले यातायात व्यवस्था विभागको साबिकमा रहेको १४ वटै यातायात कार्यालयबाट तथ्याङक संकलनको काम भैरहेको छ । ४ बजे अघिसम्म सार्वजनिक सवारी साधन तोकेको गन्तव्यमा नगुडाए व्यवसायीको रुट परमिट खारेजी हुनेछ ।
मयुर यातायातलाई नागढुङगा, कलंकीदेखि धुलिखेलसम्म प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । यस्तै,सेवा दिनेमा काठमाडौं उपत्यकामा साझा, शुभकामना, अन्नपूर्ण, बज्रबाराही लगायतकाले सेवा दिइरहेका छन् । उपत्यकामा लामो दुरीका केही यातायातले पनि सेवा दिइरहेका छन् ।
लामो दुरीको यात्रामा यी बसहरुले सेवा दिइरहेका छन
काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस
बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस
दाङ–काठमाडौं– मालीका कालीका र सहारा यातायाका बस
सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट– बुलबुले, देउती र नागरिक यातायातका बस
भक्तपुर–काठमाडौं– शुभकामना यातायात
इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस
काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस
अर्घाखाँची–बुटवल– लंका यातायातका बस
काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस
काठमाडौं–जनकपुर– चुरिमाई यातायात
सर्लाही–जनकपुर– रातुकमला
रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस
कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस
रोल्पा–नेपालगन्ज– आशीर्वाद यातायातका बस

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ