सिन्डिकेटका सरदारलाई सिध्याएर घुँडा टेकाउन निजी गाडीले यसरी दिए ‘लिफ्ट’,इन्काउन्टर गर्ने तयारीमा सरकार



हाम्रो इकोनोमि

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गरेको बन्द हड्तालमा निजि सवारी साधनहरूले लिफ्ट दिएका छन् । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा गरेको बन्दमा अाज निजि सवारी साधनहरूले लिफ्ट दिएका हुन् ।

सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन् ।

मयुर, साझा, अन्नपूर्ण लगायतका केही कम्पनीका बस गुडेकाले पनि यात्रुले केही राहत महसुस गरेका छन् । केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य देख्दा सिन्डिकेट वालाहरुलाई गुँडा टेकाउने पक्षमा आम-सर्वसाधारण रहेको प्रष्ट देखिन्छ ।
तायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार ग्यारेजका गाडी थन्काउनेहरुविरुद्ध सरकारले कारबाहीको तयारी थालेको छ। उनीहरुको रुट पर्मिट खारेजीका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

सिन्डिकेट कायम राख्न र यातयात समितिहरु खारेज नगर्न माग राख्दै शुक्रबार देशभरी यातायात ठप्प बनाएका छन्। यद्यपि विभिन्न कम्पनीमा दर्ता भएका बसहरु भने सञ्चालन भइरहेका छन्।

अत्यावश्यक सेवाको क्षेत्रमा आन्दोलन गरेकाले उनीहरुको रुट पर्मिट खारेजको प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। विभागले शुक्रबार गाडी नचलाउने यातायात समितिहरुकाे विवरण संकलन गरिरहेको छ।

आफ्ना स्वार्थका लागि गाडी नचलाउँदा देशभरि हजारौं यात्रुहरु मर्कामा परेका छन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन गाडी थन्काउने निर्णय गरेका छन्। सरकारले वार्तामा बोलाउँदा पनि उनीहरु गएका छैनन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...