सिन्डिकेटका सरदारलाई सिध्याएर घुँडा टेकाउन निजी गाडीले यसरी दिए ‘लिफ्ट’,इन्काउन्टर गर्ने तयारीमा सरकार



हाम्रो इकोनोमि

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गरेको बन्द हड्तालमा निजि सवारी साधनहरूले लिफ्ट दिएका छन् । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा गरेको बन्दमा अाज निजि सवारी साधनहरूले लिफ्ट दिएका हुन् ।

सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन् ।

मयुर, साझा, अन्नपूर्ण लगायतका केही कम्पनीका बस गुडेकाले पनि यात्रुले केही राहत महसुस गरेका छन् । केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य देख्दा सिन्डिकेट वालाहरुलाई गुँडा टेकाउने पक्षमा आम-सर्वसाधारण रहेको प्रष्ट देखिन्छ ।
तायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार ग्यारेजका गाडी थन्काउनेहरुविरुद्ध सरकारले कारबाहीको तयारी थालेको छ। उनीहरुको रुट पर्मिट खारेजीका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

सिन्डिकेट कायम राख्न र यातयात समितिहरु खारेज नगर्न माग राख्दै शुक्रबार देशभरी यातायात ठप्प बनाएका छन्। यद्यपि विभिन्न कम्पनीमा दर्ता भएका बसहरु भने सञ्चालन भइरहेका छन्।

अत्यावश्यक सेवाको क्षेत्रमा आन्दोलन गरेकाले उनीहरुको रुट पर्मिट खारेजको प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। विभागले शुक्रबार गाडी नचलाउने यातायात समितिहरुकाे विवरण संकलन गरिरहेको छ।

आफ्ना स्वार्थका लागि गाडी नचलाउँदा देशभरि हजारौं यात्रुहरु मर्कामा परेका छन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन गाडी थन्काउने निर्णय गरेका छन्। सरकारले वार्तामा बोलाउँदा पनि उनीहरु गएका छैनन्।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...