देउवाले पौडेललाई पेलेर निर्णय गर्ने बुझे पछी रामचन्द्रले पार्टी फुटाउने दिए यस्तो धम्की



वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका कारण यसअघि स्थगित नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पौडेलले सहमतिमा निर्णय नगरे पार्टी फुटाउने सम्मको चेतावनी देउवालाई दिएको एक केन्द्रिय सदस्यले बताए।

पदाधिकारी मनोनयनका लागि कांग्रेस बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
यसअघि यही वैशाख १७ गते पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक पौडेल पक्षले बहिष्कार गरेपछि स्थगित भएको थियो।

१३ औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि देउवाले पार्टीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन्।

चुनावमा पार्टी पराजित भएपछि तीव्र आलोचना खेपेका देउवाले आफू निकटका नेताहरूलाई नै पदाधिकारीमा ल्याउने तयारी गरेका छन्। यसमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विरोध जनाउँदै आएका छन्।

उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारले दाबी पेश गर्दै आएका छन्। गच्छदारलाई चित्त बुझाउनकै लागि पार्टीको विधान नै संशोधन गरी उपसभापतिको पद थप्ने तयारी देउवाले गरेको बताइएको छ।

पौडेल पक्षले महामन्त्रीमा दाबी गर्दै आएको छ तर देउवाले महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा राखेका छन्। यसैगरी डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की पनि महामन्त्रीको लिस्टमा छन्।

कांग्रेसको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्नुपर्ने प्रावधान छ। प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले त्यसको टुंगो लगाउने विधानमा व्यवस्था छ।

तर देउवा विधान नै संशोधन गरी अबको केन्द्रीय समितिमा कम्तीमा दुई उपसभापति तीन महामन्त्री र सात सहमहामन्त्री बनाउने तयारीमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ