सिआईबीको अप्रेसनलाई करौतीले काटेर गोरेले यसरी विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहे



गृहसहसचिव इश्वर पाैडेल नेतृत्वकाे सरकारी समितिले चुडामणि उप्रेती उर्फ गाेरे समूहले सुन तस्करीविरुद्ध प्रहरी अपरेसन जारी रहेकै बेला ठूलो परिमाणमा सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएको तथ्य सार्वजनिक गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सुन तस्करीविरुद्ध अपरेसन चलाउँदै २१ पुस २०७३ मा विमानस्थल बाहिरबाट साढे ३३ किलो सुन बरामद गरेको थियो। तत्कालीन डिअाइजी नवराज सिलवाल नेतृत्वकाे टाेलीले उक्त परिमाणकाे सुन बरामद गरेका दिन विमानस्थलबाट १४५ केजी सुन भित्रिएकाे सार्वजनिक भएकाे छ।

समितिले पक्राउ गरेका प्रतिवादीबाट बरामद लेजर बुकमा सो उक्त परिमाणको सुन भित्रिएको देखिएकाे हाे। (हेर्नुहाेस् तल विवरण)

सरकारी समितिले पक्राउ परेका प्रतिवादीबाट बरामद गरेको २०७२ असार ३० (जुलाई १५, २०१५) देखि २०७३ माघ २५ (फेबररी ७, २०१७) सम्मको लेजर विवरणअनुसार ब्युरोले सुन बरामद गरेकै दिन (पुस २१) मा पाँच पटक गरेर १४५ केजी सुन भित्रिएको देखिएको हो। सुन तस्कर एमके, आरके, गोरे र जनकका लागि भरियाहरु माधव आचार्य, सुके र टुकबहादुरले उक्त सुन बरामद गरेका हुन्। तस्करको विवरणअनुसार थाई एयरवेजबाट उक्त सुन भित्रिएको थियो।

समितिले बरामद गरेको पिएसआई एक्सरसाईज बुक रजिष्ट्रर नम्बर ६ अनुसार जनवरी २१, २०१७ मा ७ पटक गरी ओमप्रकाश नेवार र कमल कार्कीले ५४ केजी सुन भित्र्याएका थिए। ब्युरोले जनवरी ५, २०१७ मा सुन बरामद गरेपछि संगठित अपराध अन्र्तगत कारवाही थालेपछि लगातार भन्सारका कर्मचारी र सुन तस्कर पक्राउ परिहँदा गोरे समुहले विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहेको थियो।

अदालतमा सबुतका रुपमा पेश भएको खाता विवरणअनुसार पिएसआईकै लेजर बुकमा २०१७ को जनवरी २७ मा २८ किलो सुन भित्रिएको थियो। यस्तै अदालतमा पेश भएको लिड इन्टरनेशनलको खातामा समेत २०१७ कै जनवरी ३० मा ४५ किलो, जनवरी २२ मा ३० किलो, जनवरी २४ मा २८ किलो, जनवरी २६ मा ३१ किलो सुन भित्रिएको हो। यस्तै २०१७ कै फेबरोरी ६ मा ३० किलो र फेबरारी ७ मा ११ किलो सुन भित्रिएको थियो।

अनुसन्धान समितिले पक्राउ गरेका प्रतिवादीहरुका साथबाट बरामद गरेका अलग–अलग १० वटा लेजर र प्रहरी अधिकारीहरुलाई गरेको भुक्तानी विवरणले सुन तस्करीमा गोरे समुहको संगठित सञ्जाल प्रष्ट भएकाे छ। अदालतमा बुझाइएको विवरणअनुसार गोरे समुहले ५२१ पटक गरेर ३ हजार ७ सय ६६ किलो सुन १८ महिनामा विमानस्थलबाट तस्करी गरेका हुन्।

गोरे समुहले तस्करीका लागि प्रहरी अधिकारीहरु डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रहरी हवल्दार अमरबहादुर राना मगर र प्रहरी जवान बिष्णुबहादुर खड्काले २ करोड २० लाख ७७ हजार रुपैयाँ बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्