सुनकाण्डका अभियुक्तलाई पाता कस्न न्यायाधीश गोलाप्रथाबाट यसरी छानिए,कसको इजलासमा पर्यो मुद्दा



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत मोरङले बिहीवारबाट बयान लिन शुरु गरेको छ ।सुन तस्करीमा संलग्न भएको अभियोगमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यसमध्ये २९ जना पक्राउ परी थुनामा छन् ।

जिल्ला अदालत मोरङले थुनामा रहेका प्रतिवादीहरूसँग बयान लिन शुरु गरेको हो । बिहीवार ६ जनासँग बयान लिइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

बयान लिने काम नै अझै ४/५ दिन जारी रहने उनको भनाइ छ । ‘आज ६ जना कर्मचारीले ६ जना प्रतिवादीको बयान लिनुभयो, यस्तै ६/६ जना गरी बाँकी प्रतिवादीको बयान लिनेछौं,’ दुलालले भने, ‘यस्तो कुरामा हतार गरेर हुन्न, समष्टिगतरूपमा हेर्नुपर्ने हुन्छ, २४ देखि २५ गतेसम्ममा बयान लिने काम सकिन्छ ।’

उनकाअनुसार बिहीवार प्रतिवादीहरू राजन कुमाल, टेकराज मल्ल ठकुरी, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग बयान लिइएको छ ।

गोलाप्रथाबाट न्यायाधीश चयन

मुद्दाको संवेदनशीलतालाई मध्यनजर गर्दै यसलाई हेर्ने न्यायाधीश गोलाप्रथाबाट छनोट गरिएको श्रेष्तेदार दुलालले जानकारी दिए । ‘मुद्दा कसको इजलासमा पर्ने भन्ने कुरामा हाम्रा श्रीमानहरूबीच बिहान १० बजे गोलाप्रथा गरियो,’ दुलालले भने, ‘न्यायाधीश नारायणप्रसाद शर्माज्यूको इजलासमा परेको छ ।’
बयान सकिएपछि थुनछेकको बहस हुने उनले बताए । १०० भन्दा बढी वकिल सहभागी हुने भएकाले त्यसले पनि समय लिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...