सुनकाण्डका अभियुक्तलाई पाता कस्न न्यायाधीश गोलाप्रथाबाट यसरी छानिए,कसको इजलासमा पर्यो मुद्दा



३३ किलो सुन तस्करीको अभियोगमा पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत मोरङले बिहीवारबाट बयान लिन शुरु गरेको छ ।सुन तस्करीमा संलग्न भएको अभियोगमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । त्यसमध्ये २९ जना पक्राउ परी थुनामा छन् ।

जिल्ला अदालत मोरङले थुनामा रहेका प्रतिवादीहरूसँग बयान लिन शुरु गरेको हो । बिहीवार ६ जनासँग बयान लिइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

बयान लिने काम नै अझै ४/५ दिन जारी रहने उनको भनाइ छ । ‘आज ६ जना कर्मचारीले ६ जना प्रतिवादीको बयान लिनुभयो, यस्तै ६/६ जना गरी बाँकी प्रतिवादीको बयान लिनेछौं,’ दुलालले भने, ‘यस्तो कुरामा हतार गरेर हुन्न, समष्टिगतरूपमा हेर्नुपर्ने हुन्छ, २४ देखि २५ गतेसम्ममा बयान लिने काम सकिन्छ ।’

उनकाअनुसार बिहीवार प्रतिवादीहरू राजन कुमाल, टेकराज मल्ल ठकुरी, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग बयान लिइएको छ ।

गोलाप्रथाबाट न्यायाधीश चयन

मुद्दाको संवेदनशीलतालाई मध्यनजर गर्दै यसलाई हेर्ने न्यायाधीश गोलाप्रथाबाट छनोट गरिएको श्रेष्तेदार दुलालले जानकारी दिए । ‘मुद्दा कसको इजलासमा पर्ने भन्ने कुरामा हाम्रा श्रीमानहरूबीच बिहान १० बजे गोलाप्रथा गरियो,’ दुलालले भने, ‘न्यायाधीश नारायणप्रसाद शर्माज्यूको इजलासमा परेको छ ।’
बयान सकिएपछि थुनछेकको बहस हुने उनले बताए । १०० भन्दा बढी वकिल सहभागी हुने भएकाले त्यसले पनि समय लिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ