दुई पटक मन्त्री बनेका यी कांग्रेस नेताले पार्टीको पाँचौ करोडको जग्गा यसरी गरे कब्जा,कांग्रेसमा मच्चियो बबण्डर



हाम्रो इकोनोमि

नेपाली कांग्रेस ललितपुरको जग्गा विषयलाई लिएर पार्टी भित्र खैलाबैला मच्चिएको छ । कांग्रेस ललितपुरलाई दिएको जग्गा पुर्वमन्त्री नेता ओमकार श्रेष्ठले आफ्नो नाममा राखेपछि उनको नियतमाथी पार्टीले औंला उठाएको छ ।

कांग्रेस ललितपुर जिल्ला कार्यलय प्रतिवादी ओमकार प्रसाद श्रेष्ठको नाम रहेको जग्गा पार्टी कार्यलय कांग्रेसका नाममा नामसारी गरिपाउ भन्दै कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्य सहितले ललितपुर स्थित अदालतको ढोका ढक्ढकाएका छन् ।

स्थानिय धर्म मर्हजन र कृष्णबहादुर मर्हजनले पार्टीलाई दानगरेको जग्गामा ओमकार प्रसाद श्रेष्ठले गिद्धेनजर लगाएपछि सिङ्गो पार्टीनै उनी बिरुद्ध अदालत पुगेको हो । उनले यस अघि ग्वार्को स्थित पार्टीको नाममा आएको झण्डै एक रोपनी जग्गा आँफैले भोग चलनगरिसकेको स्रोतले बताएको छ ।

केहि बर्ष अघि ग्वार्कोमा पार्टीका लागि ओकुलाल महर्जनले झण्डै एक रोपनी जग्गा दिएका थिए त्यो पनि उनैले बेच विखन गरि खाए अहिले हामी वाध्य भएर उनको बिरुद्ध अदालत गएका हौं ,एक नेताले बताए । विवादस्पद छवीका नेता ओमकारका कारण पार्टीकै बदनाम भयो उनले थपे ।

उनी २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुदाँ उधोग मन्त्री थिए । त्यसैगरि २०५७ सालमा गरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुदाँ पर्यटन तथा नागरिक उड्यन मन्त्री रहेका थिए

। ०४६ मा कांग्रेस ललितपुर पार्टी शभापति भएका उनी २ पटक जिल्ला शभापति भएका थिए । पुराना नेताले नै पार्टीको जग्गा झ्वाम्म पारे पछि जिल्लादेखि केन्द्रसम्म उनको नियतमाथी प्रश्न खडा भएको छ । यस सम्बन्धमा थप जानकारीका लागि पुर्वमन्त्री ओमकार श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

 

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...