५० कम्पनीले भोली गाडी चलाउने,ब्यबसायीले नै सरकारलाई सहयोग गरेर यसरी बन्द तुहाउने



हाम्रो इकोनोमि

सरकारले ल्याएको नयाँ निर्देशिकाविरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरे पनि आफूहरु गाडी चलाउन तयार भएको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका करिब ५० कम्पनीले आफूहरु गाडी चलाउन तयार रहेको जनाएका छन् ।

त्यसका लागि सरकारले सुरक्षा दिनुपर्ने माग उनीहरुले गरेका छन् । यातायात व्यवस्था विभागमा भएको छलफलमा बिहीबार करिब ५० कम्पनीका सञ्चालकहरुले सरकारले सुरक्षा दिए आफूहरु बन्दका बेला पनि गाडी चलाउन तयार भएको बताएका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलि शुक्रबार देशभरका गाडी ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् ।

सरकारले जारी गरेको निर्देशिका फिर्ता नलिए २७ गतेदेखि करिब २ लाख सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि ग्यारेजमा थन्क्याउने घोषणा गरेका छन् ।
यातायात व्यवस्था विभागले बिहीबार कम्पनीका सञ्चालकहरुसँग छलफल गरेको थियो ।

ad
छलफलमा करिब ५० कम्पनीका प्रतिनिधि सहभागी थिए ।

“राज्यले सुरक्षा दिए हामी जुनसुकै बेला गाडी चलाउँछौं,” नमस्ते प्युठान यातायात प्रालीका उपाध्यक्ष केशव महतराले भने, “सरकारले दिउसोमा भन्दा रातिको लागि सुरक्षा दिनुपर्छ । सहरी क्षेत्रमा मात्रै होइन, ग्रामिण क्षेत्रमा हामी गाडी चलाउन तयार छौं ।”
देउती नागरिक यातायात प्रालीका अध्यक्ष कमल खड्काले पनि आफूहरुलाई सरकारले सुरक्षा दिन तयार भए जुनसुकै बेला जहाँ पनि गाडी चलाउन तयार रहेको बताए ।

“हामीलाई मुख्य चुनौती भनेको सुरक्षा नै हो । व्यवसायीको आन्दोलन सरकारको ऐनविपरीत छ । हामी असफल बनाउनुपर्छ । सरकारले ल्याएको नयाँ नियमलाई सफल बनाउन यातायात सञ्चालन गर्न तयार छौं,” उनले भने ।
उनले महासंघका यातायात व्यवसायीलाई राज्यविरुद्ध नजान आग्रह गरे ।

यातायात व्यवस्था विभागका निर्देशक तिर्थराज खनालले सरकार सुरक्षा दिन तयार रहेको बताउँदै ढुक्क भएर गाडी चलाउन आग्रह गरे । “गृह मन्त्रालय पनि तयार छ । शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार तयार छ । शान्ति सुरक्षाको चिन्ता तपाइँहरुले लिनुपर्दैन,” छलफलमा उनले भने ।

यातायात व्यवसायीले विभिन्न स्थानमा रहेका काउन्टर बन्द गरेको बताउँदै कम्पनीलाई पनि तत्काल काउन्टर खोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...