ओली सरकारलाई सेकाऊन भोली सार्वजनिक यातायात ठप्प बनाउने,कांग्रेसले साथ दिए पनि यस्ता गाडी चलाईने



हाम्रो इकोनोमि

यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्।

गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा रहेको स्रोत बताउँछ। सिन्डिकेटको विपक्षमा रहेका यातायात व्यवसायीहरुले गाडी चलाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार आधाजसो व्यवसायीहरु गाडी चलाउने पक्षमा छन्।

गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने कुराकानी भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन्।

रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

आफूहरुको आन्दोलन जारी रहेको र शुक्रबार गाडीहरु ग्यारेजमा थन्काइने नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने सार्वजनिक यातायातमा अवरोध गर्नेहरुलाई कारबाही गरिने बताउँछन्।

यातायात व्यवसायीहरुले २७ गतेदेखि सार्वजनिक सवारीसाधन नचलाउने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...