ओली सरकारलाई सेकाऊन भोली सार्वजनिक यातायात ठप्प बनाउने,कांग्रेसले साथ दिए पनि यस्ता गाडी चलाईने



हाम्रो इकोनोमि

यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्।

गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा रहेको स्रोत बताउँछ। सिन्डिकेटको विपक्षमा रहेका यातायात व्यवसायीहरुले गाडी चलाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार आधाजसो व्यवसायीहरु गाडी चलाउने पक्षमा छन्।

गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने कुराकानी भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन्।

रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

आफूहरुको आन्दोलन जारी रहेको र शुक्रबार गाडीहरु ग्यारेजमा थन्काइने नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने सार्वजनिक यातायातमा अवरोध गर्नेहरुलाई कारबाही गरिने बताउँछन्।

यातायात व्यवसायीहरुले २७ गतेदेखि सार्वजनिक सवारीसाधन नचलाउने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...