गोरे र एसएसपी श्यामबहादुर खत्रीको गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन, अरु को को थिए



चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरी मध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् । खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत् थिए ।

 

विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन पुर्‍याउने गरेको समेत स्वीकारेका छन् । खत्रीको निर्देशनमा उनले सुन दाह्रीवाला भनिने मोहन काफ्लेसम्म पुर्‍याउने गरेका थिए ।जसवापत काफ्लेले उनलाई एक पटक ५ हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँ गरी १५ हजार रुपैयाँ पाएका थिए ।काफ्ले लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा उनीहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने गरेका थिए ।

इमिग्रेसनको छापा लागेपश्चात कहिले एसपी विकासराज खनाल त कहिले डिएसपी सञ्जयबहादुर राउतले उनीहरुलाई इस्कर्ट गरेर सिधै डिआईजी गोविन्दप्रसाद निरौला र एसएसपी श्यामबहादुर खत्रीको कार्यकक्षसम्म पुर्‍याउने गरेको खड्काले बयान दिएका छन् ।

सुन आउने समय डिआईजी निरौला र एसएसपी खत्रीले आफ्नो कार्यकक्षमा कुरेर बस्ने गरेको पनि उनले बताएका छन् । पछि एसपी विकासराज खनाल प्रहरी प्रधान कार्यालय तानिएपछि डिएसपी राउत र एसएसपी खत्रीले त्यो काम सम्हालेको उनको भनाइ छ ।सुन आउने समयमा एसएसपी खत्रीको बडिगार्ड तत्कालिन प्रहरी जवान अमरबहादुर थापा मगरले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेको समेत उनले बताएका छन् ।

को हुन् एसएसपी खत्री ?

दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका प्रहरी अधिकारी हुन्, खत्री । उनलार्ई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले २३ माघ ०७३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो ।

खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।

खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो । साथै, उनले साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको थियो ।

पछि उनी दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनले केही समयअघि मात्र मुद्दामा सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । र, प्रहरी प्रधान कार्यालयमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्