मोदी आउने भए पछी राजेन्द्र महतोले सडक बढार्दै भने-समय मिले मोदीको खुट्टा ढोग्छु



हाम्रो इकोनोमि

बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा सडक सरसफाइ गरिएको छ । मोदी भ्रमणलाई मध्य नजर गरि प्रदेश नम्बर २ का मूख्यमन्त्री सहित जनप्रतिनिधिले बिहिबार सडक बाढारेका हुन् ।

मोदी सिधै जनकपुर आउने भएपछि उनको स्वागतका जानकी मन्दिरदेखी बाह्रविग्हा मैदान सरसफाई गरिएको हो ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत र सरसफाई संयोजक एवं समाजिक विकास तथा सरसफाई मन्त्री नवल किशोर साहको नेतृत्वमा जनकपुर सरसफाई गरिएको छ ।

यस्तै धनुषा ३ बाट निर्वाचित प्रतिनिधी सदस्य राजेन्द्र महतो, सांसद तथा गंगासागर सरसफाई अभियन्ता रामआशिष यादव, नगर प्रमुख लाल किशोर साहले जनकपुरमा कुचो लगाएका छन् । बिहिबार विहान भएको उक्त सरसफाईमा प्रहरी र स्थानीयहरुले समेत साथ दिएका थिए । सडक बढार्ने मात्र होइन पाए मोदीको खुट्टानै ढोग्ने महतोले बताएका छन्।

मोदी आउन एक साता बाँकी हुँदा उनको स्वागतको लागी जनकपुरमा तैयारी भई रहेको छ । मोदीको स्वागतको लागी जनकपुरमा सजावटको कामसँगै रामजानकी विवाह मण्डप (मडवा) को भित्तामा मिथिला पेन्टिंग बनाउने काम समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...