मोदी आउने भए पछी राजेन्द्र महतोले सडक बढार्दै भने-समय मिले मोदीको खुट्टा ढोग्छु



हाम्रो इकोनोमि

बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि जनकपुरमा सडक सरसफाइ गरिएको छ । मोदी भ्रमणलाई मध्य नजर गरि प्रदेश नम्बर २ का मूख्यमन्त्री सहित जनप्रतिनिधिले बिहिबार सडक बाढारेका हुन् ।

मोदी सिधै जनकपुर आउने भएपछि उनको स्वागतका जानकी मन्दिरदेखी बाह्रविग्हा मैदान सरसफाई गरिएको हो ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत र सरसफाई संयोजक एवं समाजिक विकास तथा सरसफाई मन्त्री नवल किशोर साहको नेतृत्वमा जनकपुर सरसफाई गरिएको छ ।

यस्तै धनुषा ३ बाट निर्वाचित प्रतिनिधी सदस्य राजेन्द्र महतो, सांसद तथा गंगासागर सरसफाई अभियन्ता रामआशिष यादव, नगर प्रमुख लाल किशोर साहले जनकपुरमा कुचो लगाएका छन् । बिहिबार विहान भएको उक्त सरसफाईमा प्रहरी र स्थानीयहरुले समेत साथ दिएका थिए । सडक बढार्ने मात्र होइन पाए मोदीको खुट्टानै ढोग्ने महतोले बताएका छन्।

मोदी आउन एक साता बाँकी हुँदा उनको स्वागतको लागी जनकपुरमा तैयारी भई रहेको छ । मोदीको स्वागतको लागी जनकपुरमा सजावटको कामसँगै रामजानकी विवाह मण्डप (मडवा) को भित्तामा मिथिला पेन्टिंग बनाउने काम समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...