ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ३२ सांसद कांग्रेसको पक्षमा,सभामुखले बोलाए बैठक



हाम्रो इकोनोमि

संघीय संसद नियमावली मस्यौदा समितिको बैठक बिहीबार बस्दै छ । फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने भन्ने विषयमा विवाद देखिएपछि नियमावलीको टुंगो लगाउन सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक बोलाएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र राष्ट्रियसभाको बैठक अपराह्न ३ बजे बस्ने तयारी छ । त्यस अगावै नियमावलीको टुंगो लगाउन महराले दिउँसो १ बजे सर्वदलीय बैठक बोलाएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

सत्तारुढ दलहरु फौजदारी अभियोगमा परेका सांसद स्वतः निलम्बन हुने यसअघिकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने अडानमा छन । प्रतिपक्षी दल कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान राख्न नहुने बताउँदै आएको छ। स्वतः निलम्बन हुने व्यवस्था गरिए सांसदहरुलाई फसाउन दुरुपयोग हुनसक्ने भन्रदै कांग्रेसको अभियोग प्रमाणित नहुँदै निलम्बन गर्न नहुने बताएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि कांग्रेसकै पक्षमा छन्।राजपा र फोरमका गरी ३२ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...