ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ३२ सांसद कांग्रेसको पक्षमा,सभामुखले बोलाए बैठक



हाम्रो इकोनोमि

संघीय संसद नियमावली मस्यौदा समितिको बैठक बिहीबार बस्दै छ । फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने भन्ने विषयमा विवाद देखिएपछि नियमावलीको टुंगो लगाउन सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक बोलाएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र राष्ट्रियसभाको बैठक अपराह्न ३ बजे बस्ने तयारी छ । त्यस अगावै नियमावलीको टुंगो लगाउन महराले दिउँसो १ बजे सर्वदलीय बैठक बोलाएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

सत्तारुढ दलहरु फौजदारी अभियोगमा परेका सांसद स्वतः निलम्बन हुने यसअघिकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने अडानमा छन । प्रतिपक्षी दल कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान राख्न नहुने बताउँदै आएको छ। स्वतः निलम्बन हुने व्यवस्था गरिए सांसदहरुलाई फसाउन दुरुपयोग हुनसक्ने भन्रदै कांग्रेसको अभियोग प्रमाणित नहुँदै निलम्बन गर्न नहुने बताएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि कांग्रेसकै पक्षमा छन्।राजपा र फोरमका गरी ३२ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...