उपमेयर श्रीमतीलाई भकुर्ने श्रीमानले भने-राती घर आउनै छोडी एक्लै सुत्नु पर्यो अनि हान्दिएकै हो



गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी कुँवर आफ्नै श्रीमानबाट कुटिएकी छन् । मंगलबार राति उपमेयर अधिकारीमाथि श्रीमान ध्रुव कुँवरले कुटपिट गरेका हुन् ।

उपमेयरमा निर्वाचित भएपछि परिवारलाई समय दिन छाडेको भन्दै ध्रुवले कुटपिट गरेका हुन् । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मिलापत्रपछि उनलाई छाडिएको महानगरिय प्रहरी परिषर जावलाखेलले जनाएको छ ।

कुटाइबाट घाइते बनेकी उप–प्रमुख उपचारपछि घर फर्किएकी छन् । श्रीमानको कुटाइले घाइते बनेकी उप–प्रमुख अधिकारी बुधबार दिउँसो प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी परिसर जावलालखेल आएकी थिइन् ।

उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी थिईन् । प्रहरीले नियन्त्रणमा लिएका उनका श्रीमान कुवँरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताएका थिए ।

उनले भने, ‘निर्वाचित भएयता परिवारलाई समय दिनै छाडिन्, पहिले–पहिले मिलेर खाना पकाउँथ्यौं, दुःख सुख साटासाट हुन्थ्यो, अहिले रातीसम्म पनि घर आउँदिनन्, यही विषयमा हाम्रो झगडा भएको हो, मेरो कुरा अटेर गरेकोले मैले हात उठाएकोे हुँ ।’

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख