उपमेयर श्रीमतीलाई भकुर्ने श्रीमानले भने-राती घर आउनै छोडी एक्लै सुत्नु पर्यो अनि हान्दिएकै हो



हाम्रो इकोनोमि

गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी कुँवर आफ्नै श्रीमानबाट कुटिएकी छन् । मंगलबार राति उपमेयर अधिकारीमाथि श्रीमान ध्रुव कुँवरले कुटपिट गरेका हुन् ।

उपमेयरमा निर्वाचित भएपछि परिवारलाई समय दिन छाडेको भन्दै ध्रुवले कुटपिट गरेका हुन् । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मिलापत्रपछि उनलाई छाडिएको महानगरिय प्रहरी परिषर जावलाखेलले जनाएको छ ।

कुटाइबाट घाइते बनेकी उप–प्रमुख उपचारपछि घर फर्किएकी छन् । श्रीमानको कुटाइले घाइते बनेकी उप–प्रमुख अधिकारी बुधबार दिउँसो प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी परिसर जावलालखेल आएकी थिइन् ।

उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी थिईन् । प्रहरीले नियन्त्रणमा लिएका उनका श्रीमान कुवँरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताएका थिए ।

उनले भने, ‘निर्वाचित भएयता परिवारलाई समय दिनै छाडिन्, पहिले–पहिले मिलेर खाना पकाउँथ्यौं, दुःख सुख साटासाट हुन्थ्यो, अहिले रातीसम्म पनि घर आउँदिनन्, यही विषयमा हाम्रो झगडा भएको हो, मेरो कुरा अटेर गरेकोले मैले हात उठाएकोे हुँ ।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...