यस्तो गैडाको खाग सहित प्रहरीको कब्जामा परेका यी हुन् चार लाठे



हाम्रो इकोनोमि

ईलाका प्रहरी कार्यालय बुटवलले गैडाको खाग सहित ४ जनालाई पक्रउ गरेको छ। साँझ ५ बजेको समयमा राजमार्ग चौराह भन्दा भित्र रहेको सडकमा गैडाको खागको कारोबार भैईरहेको सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा स्याङ्जा वालिङ न.पा.१० बस्ने बर्ष ३५ वर्षिया सुन्दर श्रेष्ठ ,बाग्लुङ बरेङ गा.पा. ३ बस्ने बर्ष २९ वर्षिया ऋषिराम न्यौपाने, स्याङजा गल्याङ न.पा ८ का २७ वर्षिया  सन्दीप बराल र वालिङ न.पा. ६ का  ३० वर्षिया बिजयबिक्रम खाणलाई पक्राउन गरीएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६ सय ३० ग्राम र उचाई ६ ईन्च रहेको खाग बरामद गरीएको र थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रत्रक्त डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...