गोरे सहितको प्रहरीकै तस्कर गिरोहले तीन वर्षमा ४ टन सुन तस्करी गरेको अभियोग,१७ अर्ब बिगो दाबी



हाम्रो इकोनोमि

तस्करी भएसँगै गायव भएको ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ ।

घटनामा संलग्न ३४ जना अझै फरार रहेका छन् । प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेका पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्द प्रसाद निरौलासहित सात जना प्रहरी कर्मचारी र २२ जना अन्य संलग्न व्यक्तिहरुका विरुद्ध मुद्दा दर्ता गरेको हो । अभियोग पत्रमा अभियुक्तहरुले सन् २०१५ देखि अहिलेसम्म ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम सुन चोरी निकासी गरेको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुका विरुद्ध ‘अपराधिक समूह स्थापना र संचालन गरि सुन चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ को मुद्दामा कारवाही गर्न माग गरेको छ । पक्राउ परेका तथा फरार प्रतिवादीहरुमध्ये ७ जनालाई अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान तथा सुन चोरी निकासीको अभियोग लगाइएको बताइएको छ । त्यस्तै पक्राउ परेका प्रहरी अधिकृतहरुलाई संगठित अपराधमा मिलेमतो गरि सुन चोरी निकासीमा सहयोग गरेको अभियोग लगाइएको छ ।

पत्रकार विरुद्ध अपशब्द
जिल्ला अदालत मोरङमा अभियोग पत्र पेश गरेर बाहिरिने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरेका छन् ।

सुन तस्करी र हत्याको घटनामा संलग्नहरु विरुद्ध अभियोग पत्र दर्ता गर्ने खबर पाएका पत्रकारहरु बिहानैदेखि जिल्ला अदालत परिसरमा भेला भएका थिए । प्रहरीले उनीहरुलाई विभिन्न बाटो प्रयोग गरेर अदालत पु¥याएको थियो । अभियुक्तहरु अधिकांशले मुख लुकाएका थिए । बाहिरिने क्रममा फोटो खिचिरहेका पत्रकारमाथि अपशव्द बोल्दै लोहनीले ‘…..पत्रकार खिच कति चाहिन्छ फोटो ’ भन्दै झम्टिएका थिए ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...