गोरे सहितको प्रहरीकै तस्कर गिरोहले तीन वर्षमा ४ टन सुन तस्करी गरेको अभियोग,१७ अर्ब बिगो दाबी



हाम्रो इकोनोमि

तस्करी भएसँगै गायव भएको ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ ।

घटनामा संलग्न ३४ जना अझै फरार रहेका छन् । प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेका पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्द प्रसाद निरौलासहित सात जना प्रहरी कर्मचारी र २२ जना अन्य संलग्न व्यक्तिहरुका विरुद्ध मुद्दा दर्ता गरेको हो । अभियोग पत्रमा अभियुक्तहरुले सन् २०१५ देखि अहिलेसम्म ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम सुन चोरी निकासी गरेको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुका विरुद्ध ‘अपराधिक समूह स्थापना र संचालन गरि सुन चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ को मुद्दामा कारवाही गर्न माग गरेको छ । पक्राउ परेका तथा फरार प्रतिवादीहरुमध्ये ७ जनालाई अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान तथा सुन चोरी निकासीको अभियोग लगाइएको बताइएको छ । त्यस्तै पक्राउ परेका प्रहरी अधिकृतहरुलाई संगठित अपराधमा मिलेमतो गरि सुन चोरी निकासीमा सहयोग गरेको अभियोग लगाइएको छ ।

पत्रकार विरुद्ध अपशब्द
जिल्ला अदालत मोरङमा अभियोग पत्र पेश गरेर बाहिरिने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारहरुलाई अपशब्द प्रयोग गर्दै गाली गरेका छन् ।

सुन तस्करी र हत्याको घटनामा संलग्नहरु विरुद्ध अभियोग पत्र दर्ता गर्ने खबर पाएका पत्रकारहरु बिहानैदेखि जिल्ला अदालत परिसरमा भेला भएका थिए । प्रहरीले उनीहरुलाई विभिन्न बाटो प्रयोग गरेर अदालत पु¥याएको थियो । अभियुक्तहरु अधिकांशले मुख लुकाएका थिए । बाहिरिने क्रममा फोटो खिचिरहेका पत्रकारमाथि अपशव्द बोल्दै लोहनीले ‘…..पत्रकार खिच कति चाहिन्छ फोटो ’ भन्दै झम्टिएका थिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...