३३ किलो सुनले २९ जनालाई पुर्यायो खोरमा,६३जना बिरुद्द मुद्दा दायर,४ को मृत्यु



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले यसअघि नै बुझाएको अनुसन्धान मिसिल अनुसार ३३ किलो सुन प्रकरणमा आज मुद्दा दर्ता भएको हो। यो प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जना पक्राउ परेका छन् भने अरु फरार छन्।

गत माघ ९ मा दुबईबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो। त्यही सुन खोज्ने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको १८ साउनमा हत्या भएपछि यो प्रकरणले अर्कै मोड लिएको थियो। ३३ किलो सुन काण्डमा ४ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...