बाबुरामका साथी र पूर्व राजा ज्ञानेन्द्रका सिकिस्त मन्त्रीलाई भेट्न प्रचण्ड पुगे उनकै अस्पताल



हाम्रो इकोनोमि

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ। ज्ञानेन्द्रको शाशनका समयमा देबकोटा स्वास्थ मंत्री बनाएका थिए। देवकोटाले बाबुराम भट्टराई संगै पढेका हुन।

१० मिनेट अस्पतालमा बसेका दाहालले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएका हुन्।

बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत शनिवार नेपाल ल्याइएको हो। नेपाल आएदेखि उनी अस्पतालमै छन्। उनको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको विज्ञप्तिमा जनाइएको छ। स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा देवकोटा उपचारका लागि श्रीमती डा मधु दीक्षितसहित ५ महिनाअघि बेलायत पुगेका थिए।

डा देवकोटालाई लागेको रोग तथा स्वास्थ्य समस्याका विषयमा अस्पतालले जानकारी दिएको छैन। उनको उपचार सघन रूपमा चलिरहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालमा डा देवकोटासँगको भेटघाटमा पूर्णरुपमा नियन्त्रण गर्नुपरेको अस्पतालले जनाएको पहिलो पोस्टले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...