बाबुरामका साथी र पूर्व राजा ज्ञानेन्द्रका सिकिस्त मन्त्रीलाई भेट्न प्रचण्ड पुगे उनकै अस्पताल



हाम्रो इकोनोमि

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ। ज्ञानेन्द्रको शाशनका समयमा देबकोटा स्वास्थ मंत्री बनाएका थिए। देवकोटाले बाबुराम भट्टराई संगै पढेका हुन।

१० मिनेट अस्पतालमा बसेका दाहालले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएका हुन्।

बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत शनिवार नेपाल ल्याइएको हो। नेपाल आएदेखि उनी अस्पतालमै छन्। उनको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको विज्ञप्तिमा जनाइएको छ। स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा देवकोटा उपचारका लागि श्रीमती डा मधु दीक्षितसहित ५ महिनाअघि बेलायत पुगेका थिए।

डा देवकोटालाई लागेको रोग तथा स्वास्थ्य समस्याका विषयमा अस्पतालले जानकारी दिएको छैन। उनको उपचार सघन रूपमा चलिरहेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालमा डा देवकोटासँगको भेटघाटमा पूर्णरुपमा नियन्त्रण गर्नुपरेको अस्पतालले जनाएको पहिलो पोस्टले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...