मोदीका लागी भनेरै मुक्तिनाथमा गरियो यस्तो काम,मोदीले १०८ धारामा नुहाउने यस्तो बन्यो कार्यक्रम



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको ‘दर्शन’ गर्ने भएपछि मुस्ताङमा पनि मोदी भ्रमणको तयारी सुरु भएको छ।

मोदीको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै भारतीय सुुरक्षा निकायको एक टोलीले एक हप्ता अगाडि नै मुस्ताङ अनि मुक्तिनाथको सुरक्षा अवस्थाबारे स्थलगत निरिक्षण गरिसकेको छ भने परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीसहितको टोली बुधबार मुस्ताङको सुरक्षा अवस्थाबारे जानकारी लिएर फर्केको छ। टोलीमा भारतीयहरु पनि सम्मिलित थिए।

‘अहिले भर्खरै शिष्टचार महापालसहितको टोलीले यहाँको बस्तुस्थिति बुझेर फर्कनु भएको छ’, टोलीलाई विमानस्थलमा पुगेर बिदाई गरेर फर्कँदै गरेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘हामीले सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, स्वागतको तयारी पनि थालेका छौं।’

उनका अनुसार मोदीको भ्रमणको लागि मुक्तिनाथ मन्दिरसँगै रहेको भिआईपी कक्षको व्यवस्थापनको काम थालिएको छ। मन्दिर हातामा रहेको तीनवटा हेलिप्याण्डसँगै अर्को हेलिप्याड बनाइँदै छ। मौषमको कारण भ्रमण तालिकामा तलमाथि भए उतै रात बिताउने गरी तयारी गरिएको पनि उनले बताए।

गृहमन्त्री रामबहादुर थापाको सार्वजनिक अभिव्यक्ति तथा भारतीय सुरक्षा निकाय एवं नेपालको परराष्ट्र एवं सुरक्षा निकायका पदाधिकारीको स्थलगत अवलोकनपछि भ्रमण कार्यक्रम निश्चित जस्तै मानेर आफूहरु तम्तयार अवस्थामा बसेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

के छ तयारी?
भारतीय प्रधानमन्त्रीको भ्रमणको लागि तीनवटा हेलिप्याड तम्तयार अवस्थामा छन् भने अर्को व्यवस्थापन गरिँदैछ।

मन्दिरको प्रवेशद्धारमा रहेको भिआइपी कक्षलाई कपडा फेर्न मिल्नेगरी व्यवस्थापन गरिँदैछ।

मन्दिर परिसर पुगेपछि मोदीले त्यही कक्षमा आफ्नो कपडा फेर्ने, मन्दिर परिसरमा रहेका १ सय ८ धारामा स्नान गरेपछि पुनः अर्को कपडा फेरेर मूख्य मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ।

मोदीले कम्तिमा २५ मिनटजति मन्दिरमा पूजाआजा गर्ने अनुमानसँगै वेदमन्त्रोच्चारण गर्ने बटुकहरुको व्यवस्था गरिएको छ।

पूजाआजापछि भिआइपी कक्षमा नै मन्दिरका मूख्य पुजारी ईन्द्रप्रसाद सुवेदीले मोदीलाई मुक्तिनाथको धार्मिक महत्वबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ।

बैशाख २८ गते बिहानको लागि तय गरिएको सो कार्यक्रममा नागरिकको तर्फबाट मोदीसँग भेटघाटको व्यवस्थापनको लागि पनि पहल गरिएको छ ।

भारतीय प्रधानमन्त्री सोही दिन पोखरा हुँदै काठमाण्डौं फर्कने बेला विमानस्थलमा बिदाई कार्यक्रम समेत तय गरिएको छ।

के होला पोखरामा?
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ ‘दर्शन’ को तालिका एकाएक परिवर्तन भयो। भ्रमण रोकिएसँगै पर्यटन प्रवद्र्धनमा ‘मोदी कार्ड’ प्रयोगको योजनापनि तुहियो।

त्यो बेला मोदीको सम्भावित मुक्तिनाथ र पोखरा भ्रमणको लागि नागरिकस्तरबाट तयारीमा जुटेका नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने, ‘हामीले दुई पटक त भारतीय राजदूत सँगै कुराकानी गरी मोदीजीलाई एकघण्टा पोखरामा राख्ने तयारी गरेका थियौं।’

पोखरामा रहेका भारतीय लगानीकर्ताहरुसँगको समन्वयमा उतिबेला मोदीलाई यहाँको फूलबारी होटलमा राख्ने र भारतीय पेन्सन क्याम्पमा भूतपूर्व गोर्खा सैनिक अनि नागरिक समाजको तर्फबाट अभिनन्दर गर्ने कार्यक्रम तय भएको उनले सम्झिए। त्यो बेला फूलबारी होटलको व्यवस्थापन भारतीयहरुको हातमा थियो।

उतिबेला हुन नसकेको मोदीको मुक्तिनाथ भ्रमण यसपटक साँच्चिकै हुने भएको छ। पोखरा हुँदै मुक्तिनाथ जाने उनको भ्रमण तालिका रहेको छ। मोदी सवार हेलिकोप्टर इन्धनको लागि पोखरा विमानस्थलमा केही समय रोकिनेछ। हेलिकोप्टर रोकिँदा निश्चय पनि मोदी बाहिर निस्कन्छन्। उनी बाहिर निस्केपछि कति समय यहाँ बिताउँछन् भन्नेबारे प्रशासन संयन्त्र अनविज्ञ छ। मोदीसँग विमानस्थलमा पाउने छोटो समयलाई कसरी उपयोग गर्ने वा मोदी त्यसको लागि इच्छुक छन्÷छैनन् भन्नेबारे हालसम्म केही बताइएको छैन।

प्रदेश सरकार, महानगर, प्रशासन संयन्त्र भेटघाटको तालिका मिलाउने काममा रहेको भएपनि केन्द्रको निर्णयबाट नै सबै कुराको टुंगो लाग्ने मुस्ताङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने ईन्द्रधारा विष्टले जानकारी दिए।

‘मोदी यहाँ (पोखरा) आउनु नै ठूलो कुरा हो, विश्राम वा जुनसुकै बहानबाजीले पनि उहाँसँग भएको छोटो समयको उपयोग गर्नेतर्फ ध्यान दिनुपर्छ’, अघिल्लो पटक तयारीमा जुटेका मुल्मीले भने, ‘हिमाल र तालबारे भिआइपीहरु पहिल्यै जानकारी लिएर आउँछन्, हामीले त्यहाँ भेटेर उठाउने भनेको आर्थिक, पर्यटन तथा रणनीतिक महत्वका विषयहरु हुन्।’

उनले मोदीलाई सकेसम्म पोखरामा केही लामो समय बिताउने वातावरण निर्माणसँगै केरुङदेखि सुस्ता नाकासम्मका विषयहरु उठान गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए।

‘नागरिक समाजको तर्फबाट हिजो भारतले गरेका ज्यादतीहरुबारे पनि खुलस्त हुनसक्छौं, व्यापारका कुरा गर्न सक्छौं’ उनले भने, ‘राज्य संयन्त्रले सैनिकको सलाम ठोकेर गरिने बिदाई वा स्वागतले मात्र कुनै अर्थ दिँदैन भन्ने बुझ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्