बिहेको प्रलोभन देखाएर ३५ बर्षे वडाध्यक्षले दिनदिनै राति घरमै लगेर १५ वर्षीया किशोरीको यसरी लुटे अस्मिता



हाम्रो इकोनोमि

कास्कीको मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ।

कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले बिहे गर्ने भन्दै रातिराति आफ्नो घरमा लगेर यौन शोषण गर्दै गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो।

स्थानीयका अनुसार वडाअध्यक्षले रातिराति मोटरसाइकलमा राखेर आफ्नो घर लैजाने र बिहानै किशोरीको घरमा पुर्‍याइदिने गर्दै आएका थिए। घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेरेका थिए।

त्यहाँ किशोरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि घटना बाहिर आएको हो। गाउँलेले गाउँको घटना बाहिर नल्याउने र त्यहीँ मिलाउने भन्दै आइतबार बिहान नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा कचहरी राखेका थिए। वडा अध्यक्षले किशोरीलाई बिहे गर्न तयार भएको र उसको भविष्यका लागि सम्पूर्ण बन्दोवस्त गर्छु भन्ने कबोल गरेपछि कचहरी टुंगिएको थियो।

‘केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गराउँ भन्दा वडाअध्यक्षले मान्नु भएन’, वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङले भने।

‘म सबै गरिहाल्छु भन्नुभयो तर अहिले किशोरी गाउँमा छैनन् भन्ने सुनेको छु,’ आफू व्यक्तिगत काममा व्यस्त भएकाले यस विषयमा थप जानकारी नपाएको उनको भनाइ छ।

अरुको घरमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी गरिब परिवारकी सदस्य किशोरीसँग बिहे गर्न नसुहाउने भन्दै वडा अध्यक्षले अहिले विभिन्न आर्थिक प्रलोभन देखाएर घटना लुकाउन खोजेको छन्। वडाअध्यक्षले विभिन्न मान्छे लगाएर किशोरीको साथीमार्फत आर्थिक प्रलोभन देखाएर आफू विरुद्धमा नबोल्न आग्रह गरेको पीडित किशोरीकी साथीले बताएकी छिन्।

किशोरीको तर्फबाट बोलिदिने कोही नभएपछि अहिले यो घटनालाई थामथुम पार्ने प्रयास भइरहेको स्थानीयबासी बताउँछन्। ‘वडाअध्यक्षले दबाब दिएपछि किशोरीका बुबा र अन्य कसैलाई पत्तो नदिई किशोरीलाई गाउँबाट भगाइएको छ’, स्थानीय एक युवाले बताए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ३५ वर्षीय वडा अध्यक्षले राजनीतिक शक्तिका आडमा सबैको मुख बन्द गर्दै गरिब परिवारको इज्जतमाथि खेलवाड गरेको भन्दै यतिखेर गाउँलेहरु आक्रोशित भएका छन्। ती किशोरीमाथि नभई अन्य गाउँका युवतीमाथि पनि कुदृष्टि लगाउँदै हिड्ने वडाअध्यक्षलाई कारबाही गर्नु पर्ने माग स्थानीयबासीको छ।

स्थानीय भलादमी पूर्ण गुरुङले वडाको अभिभावकजस्तो मान्छे बाट भएको नकारात्मक ब्यवहारले वडा नं ७ बासीलाई लज्जित तुल्याएको बताए। उनले भने,  ‘यो एकदमै नराम्रो कुरा हो। कुनै पनि किशोरीलाई आर्थिक प्रलोभनमा पारेर उसको इज्जतमाथि खेलवाड गर्ने अधिकार छैन।’ उनले थपे, ‘गरीब परिवारका सदस्यको ससम्मान बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्छ।’

घटनाको विषयमा नबोल्न दबाब बढेपछि अहिले पीडित किशोरी सम्पर्क विहीन छिन्। देश संचारले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...