ओली सरकारले घिसारेर भए पनि सिध्याउने भए पछी यातायात व्यवसायीले भने-सरकारले भनेको सबै मान्छौ



हाम्रो इकोनोमि

आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने भन्दै आएका यातायात व्यवसायी बल्ल लाईनमा आएका छन् । उनीहरुले अब सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

सरकारले सिण्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्तामा आउन तयार भएका हुन् । यातायात व्यवसायीहरूको छाता संगठनहरू गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरू सुधार गर्न आफूहरू तयार रहेको भन्दै व्यवसायीहरूले सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

‘वर्तमान अवस्थामा देखिएको यातायात क्षेत्रका समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यू, विभागीय मन्त्रीहरू, विभिन्न पार्टीका आदरणीय पार्टी अध्यक्षज्यूहरू यथाशिघ्र वार्ताबाट समस्या समाधानको लागि आवश्यक पहल गरी पाउन अपिल गर्न चाहन्छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

‘आफूहरू यातायात क्षेत्रको सिण्डिकेटको विरोधी नै भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी हरेक क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदूर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्दै यस संगठन तयार रहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...