ओली सरकारले घिसारेर भए पनि सिध्याउने भए पछी यातायात व्यवसायीले भने-सरकारले भनेको सबै मान्छौ



हाम्रो इकोनोमि

आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने भन्दै आएका यातायात व्यवसायी बल्ल लाईनमा आएका छन् । उनीहरुले अब सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

सरकारले सिण्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्तामा आउन तयार भएका हुन् । यातायात व्यवसायीहरूको छाता संगठनहरू गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरू सुधार गर्न आफूहरू तयार रहेको भन्दै व्यवसायीहरूले सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

‘वर्तमान अवस्थामा देखिएको यातायात क्षेत्रका समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यू, विभागीय मन्त्रीहरू, विभिन्न पार्टीका आदरणीय पार्टी अध्यक्षज्यूहरू यथाशिघ्र वार्ताबाट समस्या समाधानको लागि आवश्यक पहल गरी पाउन अपिल गर्न चाहन्छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

‘आफूहरू यातायात क्षेत्रको सिण्डिकेटको विरोधी नै भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी हरेक क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदूर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्दै यस संगठन तयार रहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...