कांग्रेसलाई पेलेर तेल निकाल्ने गरी यस्तो बनाइने भयो संसदको कानुन,कांग्रेसले गर्यो बिरोध



हाम्रो इकोनोमि

संघीय संसदको नियमावलीलाई बुधबार अन्तिम रुपमा दिइने भएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको नियमावली मस्यौदा समितिमा सहमति जुट्न बाँकी केही विषयलाई मतदानको प्रक्रियाबाट छिनोफोनो गर्दै नियमावलीलाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

मस्यौदा समितिका सदस्य रामविर मानन्धरका अनुसार फौजदारी अभियोग लागेको सांसद तत्काल निलम्बन हुने किन हुने र संसदीय समितिको संख्यामा सहमति जुट्न बाँकी छ ।

एमाले फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुनुपर्ने अडानमा छ भने कांग्रेस, राजपा र फोरम फौजदारी अभियोग अदालतबाट प्रमाणित भएपछि मात्र निलम्बन हुनुपर्ने बताउँदै आएको छ ।

माओवादी केन्द्र भने यो विषयम मौन जस्तै देखिएको छ । अघिल्लो संसदको नियमावलीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बित हुने व्यवस्था थियो । प्रतिनिधिसभामा संसदीय समितिको संख्याबारे यसअघि दशवटा समिति राख्नेबारे सहमति जुटे पनि कांग्रेसले सातवटामा सीमित गर्नुपर्ने बताउँदै आएको छ ।

मस्यौदा समितिका सदस्य मानन्धरका अनुसार बुधबार दिउँसो १ बजे बस्ने दुवै मस्यौदा समितिको संयुक्त बैठकमा सहमतिको अन्तिम कसरत गर्ने नभए बहुमतीय प्रक्रियाबाट छिनोफानो गर्ने बताए ।

संसदको अधिवेशन २३ गतेदेखि सुरु हुुने भएकाले त्यसअघि नै नियमावलीलाई अन्तिम रुप दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...