प्रचण्ड संग तिघ्रा जोडेर नाचेकी रेखा थापाले आफु प्रधानमन्त्री बन्ने यसरी सुनाईन यस्तो रोचक कुरा



हाम्रो इकोनोमि

नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
“लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।”

कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरेकी छिन् ।

“म जस्ता धेरै नारीहरु छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।” उनले भनिन् ।

पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।”प्रचण्ड संग तिघ्रा जोडेर नाच्दै चर्चामा आएकी रेखा घमण्डी नायिकाका रुपमा परिचित छिन।

जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरुको सिद्धान्त हेरेर नजिक भएपनि ति सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ ।

“कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।” उनले भनिन् ।
आफूले पार्टी परिवर्तन गर्नु सामान्य भएको भन्दै उनले आफूले देश परिवर्तन नगरेको तर्क पेश गरिन् ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...