कोइराला भन्छन-गुटबन्दी छोडेर एकजुट हुन जरुरी



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शशांक कोइरालाले गुटबन्दी छोडेर एक भई अगाडी बढ्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाको थकनी ओख्रेनीचौरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसी सबै एक हुनुपर्ने सन्देश दिनुभएको छ ।

‘नमिठो हार व्यहोरिसकेका छौ, अब खारिएर एकमतमा अगाडी लाग्न जरुरी छ ,’उहाले सबैलाई संकेत गर्दै भन्नुभयो । गएको शुक्रवारबाट ओखरेनी चौरको मध्य जंगलक्षेत्रमा गरिएको प्रशिक्षण कार्यक्रमको समापन गर्न पुगेका महामन्त्री कोइरालाले स्थानीयलाई कांग्रेसले गरेको विकासक्रम बारे सम्झाउनुभयो ।

उहाले पीता जीले ल्याउनुभएको समाजवादलाई अन्य देशले अपनाइरहेको र यसलाई मापन गर्नुपर्ने सुनाउनुभयो । आकाशमा उडिरहेको चरा एक भएर हावाको वेग विद्युतलाई छेदन गरेको उदाहरण दिएर उहाको एकताको सन्देश दिनुभयो ।
कांग्रेसका पूर्व सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस सरकारमा नरहेपनि विकास गर्न अगाडी रहेको बताउनुभयो । ‘प्रशिक्षणले नय“ा सन्देश र तंरग ल्याएको छ ,यह“ाको युवावर्गले यसलाई सदुपयोग गरेका छन्,’उहाले भन्नुभयो । यस्तो प्रशिक्षणलाई देशभर नै व्यापक बनाएर लैजाने योजना रहेको छ ।

कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, गुरु घिमिरे , राष्ट्रिय सभा सदस्य बद्रि पाण्डे, प्रदेश सभा सदस्य जिवन परियार र काभ्रेका सभापति मधु आचार्यलगायतले प्रशिक्षण दिएका हुन् । साबिक क्षेत्र न ३ का २४ गाविसका ८६ जना प्रतिनिधिलाई प्रशिक्षण दिइएको थकनीका कांग्रेस इकाइ सभापति कृष्णबहादुर तामाङ समिरले जानकारी दिनुभयो ।  

रामचन्द्र दुलाल 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...