राजधानीमै उपमेयरलाई श्रीमानले गोरु चुटाइ चुटे,उपमेयर श्रीमतीको आँखामा गम्भीर चोट,श्रीमान जेलमा



हाम्रो इकोनोमि

उपमेयर नै घरेलु हिंसाको शिकार भएकी छिन् । श्रीमानको  कुटाईबाट उपमेयर नै गभ्भीर घाइते भएकी हुन् । घरायसी कुरामा  विवाद हुँदा उपमेयरमाथि श्रीमानले घरेलु हिंसा गरेका हुन् ।

श्रीमानको कुटाईबाट यसरी गभ्भीर घाइते बनेकी उपमेयर हुन मुना अधिकारी । उनका श्रीमान हुन ध्रुव कुँवर । हिजो राती उनको श्रीमानले घरायसी विषयमा विवाद हुँदा कुटपिट गरेको बताइएको छ । स्थानीयवासीहरुको अनुसार,घरायसी काममा विवाद भएपछि उनको श्रीमान्ले गभ्भीर रुपमा कुटपिट गरेका थिए ।

श्रीमानको कुटाईबाट उपमेयर मुनाको  आँखामा गम्भीर चोट लागेको छ । यस्का अलवा उनको शरिरभरी  निलडाम देखिएको प्रहरीको भनाई छ  । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेको छ । वाँडेगाँउ प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारिले चुनाव जितेकी हुन ।
प्रहरी स्रोतका अनुसार धु्रव कुँवरले भने उपमेयर मुनामाथि निर्घात कुटपिट गरेको नभई घरायसी विषयमा विवाद हुँदा  तीन झापड हानेको वयान दिएका छन् ।

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन मिलाउनु पर्ने जिम्मेवारी समेत पाएकी गोदावरी नगरपालिकाको उपमेयरमाथि श्रीमानबाट भएको हमलाको विषय अहिले प्रहरीसम्म पुगेको छ । र प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...