ओली सरकारले चीनलाई उपहार दिने गैडालाई आमा बाट छुटाउन यस्तो पर्यो सकस,आमा गैडा विक्षिप्त



हाम्रो इकोनोमि

सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा माउसँग कठिनतापूर्वक छुट्याएर आज नियन्त्रणमा लिइएको छ।

सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको सुखीभारबाट अन्दाजी दुई वर्षको गैंडा नियन्त्रणमा लिइएको हो। सो गैंडालाई आजै कसरामा रहेको पिट बुमा (काठको खोर)मा ल्याएर राखिने उनले बताए।

बच्चा गैंडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताए। गैडालाई छुटाए पछी आमा गैडाले गह भरी आशु पारेको कर्मचारीले बताए। गैंडाको बच्चा तीन चार वर्षसम्म माउसँगै रहने गर्दछ। सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगे लगत्तै भाग्ने हुँदा लिंग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको उनले बताए।

यसअघि वैशाख १५ गते निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट एउटा भाले गैंडाको बच्चा नियन्त्रणमा लिइएको थियो।

वैशाख ७ गतेबाट निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो। गैँडालाई शुक्रबारबाट नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनिया प्रतिनिधिसँगै रहेका छन्।

अर्को एक गैंडाको भाले बच्चा सौराहामा नै रहेको छ। सो बच्चालाई बाढीले बगाएको अवस्थामा त्रिवेणीबाट उद्धार गरी ल्याइएको हो । सो बच्चालाई हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षण गरी राखिएको छ । सो गैंडा करिब एक वर्षको छ । चीन पठाउने दुई जोडी गैंडामध्ये अब एक पोथी गैंडा नियन्त्रण गरिने प्रमुख ढकालले जानकारी दिए।

नियन्त्रणमा लिइएका गैंडालाई सौराहामा रहेको पिट बुमा (खोर) मा राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिनेछ । करिब तीन महिना बुमामा राखेपछि गैंडालाई जहाजमा राखी चीन पठाइनेछ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...