३३ किलो सुन प्रकरणमा मुछिएका फरार एसएसपी लोहनी प्रहरीको सम्पर्कमा,यसरी हुदैछ कारबाही



साढे तेत्तीस किलो बेपत्ता भएको सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन्। लोहनी सार्वजनिक विदाको दिन मंगलबार अपरान्ह करिब ४ बजे कार्यालयको सम्पर्कमा आएका हुन्।

केही दिनअघि उनलाई मोरङ झिकाउनका लागि प्रहरी कार्यालयले पत्राचार गरेको थियो। उनीसँगै सुरुमै विवादमा तानिएका महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । स्रोतका अनुसार सरकारी वकिल कार्यालयले लोहनी विरुद्ध पनि अन्य अभियुक्तसँगै बुधबार अभियोग पत्र तयार पारेर अदालतमा दर्ता गर्ने सम्भावना छ ।

छानविन समितिले लोहनीसँग काठमाडौंमा यसअघि बयानसमेत लिइसकेको छ । उनीसँग बयान लिएर निगरानीमा राख्दै छानबिन समिति अन्य अभियुक्त पक्राउमा केन्द्रित बनेको थियो । यस घटनासम्बन्धी मुद्दा भोलि (बुधबार) जिल्ला अदालत मोरङमा दर्ता हुँदैछ । मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्