३३ किलो सुन प्रकरणमा मुछिएका फरार एसएसपी लोहनी प्रहरीको सम्पर्कमा,यसरी हुदैछ कारबाही



हाम्रो इकोनोमि

साढे तेत्तीस किलो बेपत्ता भएको सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन्। लोहनी सार्वजनिक विदाको दिन मंगलबार अपरान्ह करिब ४ बजे कार्यालयको सम्पर्कमा आएका हुन्।

केही दिनअघि उनलाई मोरङ झिकाउनका लागि प्रहरी कार्यालयले पत्राचार गरेको थियो। उनीसँगै सुरुमै विवादमा तानिएका महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । स्रोतका अनुसार सरकारी वकिल कार्यालयले लोहनी विरुद्ध पनि अन्य अभियुक्तसँगै बुधबार अभियोग पत्र तयार पारेर अदालतमा दर्ता गर्ने सम्भावना छ ।

छानविन समितिले लोहनीसँग काठमाडौंमा यसअघि बयानसमेत लिइसकेको छ । उनीसँग बयान लिएर निगरानीमा राख्दै छानबिन समिति अन्य अभियुक्त पक्राउमा केन्द्रित बनेको थियो । यस घटनासम्बन्धी मुद्दा भोलि (बुधबार) जिल्ला अदालत मोरङमा दर्ता हुँदैछ । मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...