फेसबुकमा लभ परेर बिहे गरेकी केटी संग सुहागरात मनाउन खोज्दा बेहुली केटो भएको फेला परे पछी……..



हाम्रो इकोनोमि

दुलाह–दुलही बनेर केटा–केटाबीच विहे । तपाई हामीले अहिलेसम्म यस्ता घटना विदेशका मात्रै सुन्दै आएका थियौ । तर हाम्रै देशमा दुलाह–दुलही बनेर केटा–केटाबीच विवाह भएको छ ।

धनकुटाको शहिदभूमी गाउँपालिकास्थित छिन्ताङमा रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग तिन महिना अगाडि विवाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी गौतम मिश्रका अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो ।

राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फर्किएपछि उनीहरुले भागी बिवाह गरेका हुन । तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए ।

गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिनले प्रहरीलाई दिएको बयानका क्रममा उल्लेख गरेका छन् । आफुहरुवीच आर्थिक लेनदेनको विषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दाबी छ ।

दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । विवाह गरेर तीन महिनासम्म एउटै कोठमा बस्दै आएका उनीहरुले आफ्न्तसँग मागेको सापटी तिर्न नसक्दा उनीहरुको पोल खुलेको हो ।

विपिनसँग विवाह गर्ने राजकुमारको श्रीमती र एक डेढ वर्षको छोरा समेत रहेको छ । त्यस्तै राजकुमारको श्रीमान बनेका विपिनको पनि श्रीमती र एक छोरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले आफ्न्तहरुसँग सापटी लिएको तर तिर्न नसक्दा झगडा भएको थियो । झगडा हुँदा गाउँलेले दुवै केटा नै भएको केन्द्र बिन्दुले उल्लेख गरेको छ। ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...