गोरेकी यी प्रेमिका पनि ३३ केजी सुन तस्करीमा,प्रेमिकाका बाबु रुद्राक्षका तस्कर,बैंक खाता र सम्पत्ति रोक्का



हाम्रो इकोनोमि

 

विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको छ ।

गोरेको आर्थिक कारोबार भण्डारीसँग रहेको ठहर गर्दै समितिले बैंक खाता रोकेर उनीमाथि अनुसन्धान थालेको हो । ‘अन्य कारोबार पनि भएको देखियो, त्यसकारण खाता रोक्का गरिएको छ’, स्रोतले भन्यो ।

तस्करीको सुनका भरिया सनम शाक्यको हत्यादेखि सुन तस्करीको मुख्य नाइके गोरे नै भएकोे निचोड गृह मन्त्रालयको छानविन समितिले निकालेको छ । त्यसमा सघाउ पुराउने प्रहरी अधिकारीहरूको बयान लिने काम मोरङको विराटनगरमा भइरहेको छ ।

अनुसन्धान टोलीले पाएको ६० दिनको म्याद बुधबार सकिने भएपछि यस प्रकरणमा मुछिएका प्रहरी अधिकारीसहित २८ जनाविरुद्ध अभियोगपत्र तयार भएको छ । ‘आज खुलेका तथ्यसहित भोली अभियोगपत्र दर्ता हुनेछ । त्यसपपिछ कारबाही अझ तिव्र हिसाबले अघि बढ्छ’, छानविन समितिका एक सदस्यले भने ।

गृह मन्त्रालयले सह–सचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिका सबै सदस्य बयान लिनका लागि आइतबारै विराटनगर पुगेका थिए ।

यसैबीच, यहि प्रकरणमा संलग्नता देखिए पछि प्रहरी प्रधान कार्यालयमा तानिएका एसएसपी दिवेश लोहनीलाई छानविन समितिले बुधबार विहान बयानको तयारी गरेको छ । अभियोगपत्र दर्ता अघि लोहनीको बयान लिइने छ । लोहनीलाई बयानका लागि सोमबार समितिले पत्र काटेको थियो ।

यसप्रकरणमा तीन जनाको ज्यान गइसकेको छ । शाक्यको हत्या भएको छ भने अर्का भरिया प्रेमलाल चौधरीले प्रहरी कस्टडीमा आत्महत्या गरेका थिए । यस्तै, एकजनाले गुडीरहेको ट्यांकर मुनी हाम फालेर आत्महत्या गरेका थिए ।

को हुन् रक्षा भण्डारी ?

पूर्व नै घर भएकी रक्षा भण्डारी गोरेकी प्रेमिका हुन् । केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने तयारीमा जुटेको प्रहरी स्रोतले जनाएको छ ।

रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा रुद्राक्षका व्यापार गर्ने आफ्ना बाबुसँग बस्दै आएको प्रहरी अनुसन्धानले खुलाएको छ ।
तस्कर गोरे विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले नै सम्हालेकी थिइन् । गोरेले यसभन्दा पहिला भित्राएका तस्करीका सुन पहिला रक्षाका कोठामा राख्ने गरेको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...