गोरेकी यी प्रेमिका पनि ३३ केजी सुन तस्करीमा,प्रेमिकाका बाबु रुद्राक्षका तस्कर,बैंक खाता र सम्पत्ति रोक्का



हाम्रो इकोनोमि

 

विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको छ ।

गोरेको आर्थिक कारोबार भण्डारीसँग रहेको ठहर गर्दै समितिले बैंक खाता रोकेर उनीमाथि अनुसन्धान थालेको हो । ‘अन्य कारोबार पनि भएको देखियो, त्यसकारण खाता रोक्का गरिएको छ’, स्रोतले भन्यो ।

तस्करीको सुनका भरिया सनम शाक्यको हत्यादेखि सुन तस्करीको मुख्य नाइके गोरे नै भएकोे निचोड गृह मन्त्रालयको छानविन समितिले निकालेको छ । त्यसमा सघाउ पुराउने प्रहरी अधिकारीहरूको बयान लिने काम मोरङको विराटनगरमा भइरहेको छ ।

अनुसन्धान टोलीले पाएको ६० दिनको म्याद बुधबार सकिने भएपछि यस प्रकरणमा मुछिएका प्रहरी अधिकारीसहित २८ जनाविरुद्ध अभियोगपत्र तयार भएको छ । ‘आज खुलेका तथ्यसहित भोली अभियोगपत्र दर्ता हुनेछ । त्यसपपिछ कारबाही अझ तिव्र हिसाबले अघि बढ्छ’, छानविन समितिका एक सदस्यले भने ।

गृह मन्त्रालयले सह–सचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिका सबै सदस्य बयान लिनका लागि आइतबारै विराटनगर पुगेका थिए ।

यसैबीच, यहि प्रकरणमा संलग्नता देखिए पछि प्रहरी प्रधान कार्यालयमा तानिएका एसएसपी दिवेश लोहनीलाई छानविन समितिले बुधबार विहान बयानको तयारी गरेको छ । अभियोगपत्र दर्ता अघि लोहनीको बयान लिइने छ । लोहनीलाई बयानका लागि सोमबार समितिले पत्र काटेको थियो ।

यसप्रकरणमा तीन जनाको ज्यान गइसकेको छ । शाक्यको हत्या भएको छ भने अर्का भरिया प्रेमलाल चौधरीले प्रहरी कस्टडीमा आत्महत्या गरेका थिए । यस्तै, एकजनाले गुडीरहेको ट्यांकर मुनी हाम फालेर आत्महत्या गरेका थिए ।

को हुन् रक्षा भण्डारी ?

पूर्व नै घर भएकी रक्षा भण्डारी गोरेकी प्रेमिका हुन् । केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने तयारीमा जुटेको प्रहरी स्रोतले जनाएको छ ।

रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा रुद्राक्षका व्यापार गर्ने आफ्ना बाबुसँग बस्दै आएको प्रहरी अनुसन्धानले खुलाएको छ ।
तस्कर गोरे विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले नै सम्हालेकी थिइन् । गोरेले यसभन्दा पहिला भित्राएका तस्करीका सुन पहिला रक्षाका कोठामा राख्ने गरेको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...