प्रचण्डले छाती माथी ढुंगा राखेर भने-एकिकरणबाट पछि फर्किन सक्ने अवस्था छैन,नगरे आफै सकिन्छु



हाम्रो इकोनोमि

नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको पार्टी एकता केहि दिनमै टुङ्गो लगाउने बताएका छन् ।

एमाले र माओवादीले मजदुर दिवशको अवसरमा गरेको संयुक्त सभालाई संबोधन गर्दै प्रचण्डले वैशाख २२ गते कार्लमाक्सको जन्म दिन रहेकाले त्यस अघिनै टुङ्गो लगाउने बताए ।

पार्टी एकताका लागि पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल भैरहेको बताए । दुई पार्टीको एकता जनताले अनुमोदन गरिसकेको बताउँदै अब पार्टी एकिकरणबाट पछि फर्किन सक्ने अवस्था नरहेको बताए ।

प्रचण्डले भने, ‘यो ऐतिहासिक अवसर हो । यसलाई अब गुम्न दिँदैनौ । तपाईंहरु ढुक्क हुनुस् हामी केहि दिनमै टिङ्गो लगाउँछौं ।’

दुई कम्युनिस्टको एकताले राजनीतिक फड्को मारिसकेको र यसलाई टुङ्गोमा पुर्‍याएर आर्थिकरुपमा फड्को मार्न केन्द्रीत हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...