प्रचण्डले छाती माथी ढुंगा राखेर भने-एकिकरणबाट पछि फर्किन सक्ने अवस्था छैन,नगरे आफै सकिन्छु



हाम्रो इकोनोमि

नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको पार्टी एकता केहि दिनमै टुङ्गो लगाउने बताएका छन् ।

एमाले र माओवादीले मजदुर दिवशको अवसरमा गरेको संयुक्त सभालाई संबोधन गर्दै प्रचण्डले वैशाख २२ गते कार्लमाक्सको जन्म दिन रहेकाले त्यस अघिनै टुङ्गो लगाउने बताए ।

पार्टी एकताका लागि पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल भैरहेको बताए । दुई पार्टीको एकता जनताले अनुमोदन गरिसकेको बताउँदै अब पार्टी एकिकरणबाट पछि फर्किन सक्ने अवस्था नरहेको बताए ।

प्रचण्डले भने, ‘यो ऐतिहासिक अवसर हो । यसलाई अब गुम्न दिँदैनौ । तपाईंहरु ढुक्क हुनुस् हामी केहि दिनमै टिङ्गो लगाउँछौं ।’

दुई कम्युनिस्टको एकताले राजनीतिक फड्को मारिसकेको र यसलाई टुङ्गोमा पुर्‍याएर आर्थिकरुपमा फड्को मार्न केन्द्रीत हुने बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...